५ पुस २०८२, शनिबार | December 20, 2025

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै, स्थानीय चुनावको तयारी मुख्य एजेन्डा



काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दैछ ।

बैठक भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा दिउसो १ बजे बस्न लागेको हो ।

बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

सरकार र निर्वाचन आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेसँगै एमालेले तयारीका विषयमा छलफल गर्न लागेको हो ।

त्यस्तै कोभिड-१९ का कारण कतिपय जिल्ला अधिवेशन रोकिएका छन् भने प्रदेश अधिवेशन पनि सारिएको छ । यस विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ९ : ०७ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र