काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४९९ जनाको पीसीआर परीक्षण गर्दा २२०५ जना र ५०८३ जनाको एन्टीजेन परीक्षण गर्दा १४३२ जना गरी ३६३७ जनामा कोरोना संक्रमण देखिएको हो ।
हाल नेपालमा ६९ हजार २ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, आज थप ७५५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११७६४ जना पुगेको छ ।


















प्रतिक्रिया