७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

पुल बनेपछि स्थानीयमा खुसियाली



बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ सिन्दुरेस्थित जेठी नालामा स्टील ट्रस पुल निर्माण भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्दै आएका तल्लो लुन्द्रीवासीले अब जेठी नालामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको स्थानीयवासी पूर्णिमा सुनारले बताइन् ।

हिउँदको समयमा समस्या नभए पनि वर्षाको समयमा नालामा बाढी आउँदा पुल बगाउने र भत्किने जोखिमबीच यात्रा गर्नुपर्ने अवस्था अब हटेको उनको भनाइ छ । पुल बनेपछि बालबालिका विद्यालय पठाउँदा र खजुरा बजार आवत-जावत गर्न अब धेरै सजिलो भएको छ ।

खजुरा-७ सिन्दुरेस्थित जेठी नालामा काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले तल्लो लुन्द्री जोड्ने पुल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

पुल बनेपछि स्थानीयवासीले गाउँपालिका सरकारको अनुभूति गर्न पाएको खजुरा-७ का अध्यक्ष अतिउल्ला खानले बताए । उपभोक्ता समितिमार्फत २८ लाख ३४ हजार ६०७ लागतमा पुल निर्माण सम्पन्न भएको गाउँपालिकाका योजना प्रमुख तथा सूचना अधिकृत दिलबहादुर पौडेलले बताए ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ९ : ०८ बजे

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक

कर्णालीको भाषा, संस्कृति र पहिचान संरक्षण गर्ने बालेन साहको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले कर्णाली

रास्वपाको चुनावी वाचापत्र कर्णालीको सुर्खेतबाट सार्वजनिक (पूर्णपाठ)

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने

नेपाली कांग्रेसको प्रतिज्ञापत्र कार्यान्वयनयोग्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले सार्वजनिक गरेको

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले