काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।
यस्तै यो अवधिमा थप १५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११३६५ नमुना परीक्षण गरिएको थियो ।
७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, आज थप ६१४६ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११८२७ पुगेको छ ।



















प्रतिक्रिया