२४ असार २०८३, बुधबार | July 8, 2026

एमालेको सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय



काठमाडौँ । एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् ।

पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्न मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको एमालेले जनाएको छ ।

दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी ओलीले २८ माघमा भर्चुअल माध्यमबाट गर्ने तय भएको छ । उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरू सहभागी रहने छन् ।

यस्तो छ प्रशिक्षणको समय तालिका र स्थान :

प्रदेश १– फागुन १ र २ विराटनगर
मधेस प्रदेश– फागुन ३ र ४ जनकपुर
वागमती प्रदेश– फागुन ६ र ७ काठमाडौं
गण्डकी प्रदेश– फागुन ८ र ९ पोखरा
लुम्बिनी प्रदेश– फागुन ११ र १२ बुटवलरदाङ
कर्णाली प्रदेश– फागुन १४ र १५ सुर्खेत
सुदूरपश्चिम प्रदेश– फागुन १६ र १७ धनगढी

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ४ : ४४ बजे

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको

सुनको मूल्य नौ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

राजेन्द्र राईको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभामा सभामुख डोलप्रसाद (डीपी) अर्याललाई लक्षित गर्दै नेकपा

नेपालगन्जमा एलजीका नयाँ उत्पादनहरुको ‘लञ्च’

नेपालगन्ज । एलजीले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै