१५ बैशाख २०८३, मंगलबार | April 29, 2026

सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला माओवादी प्रवेश



काठमाडौं । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, वडाध्यक्ष श्रवणकुमार यादव माओवादी केन्द्र प्रवेश गरेका छन् । उनलाई बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।

शुक्ला तत्कालीन फोरम लोकतान्त्रिक र यादव नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।शुक्ला यसअघि साविकको नेकपामा प्रवेश गरेका थिए । केही समयपछि नै उनले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

पार्टीभित्र तानाशाही व्यवस्था लादिएको र चाप्लुसी गर्नेहरुलाई प्रश्रय दिइएकाले नेकपाभित्र बस्नुको औचित्य नरहेको भन्दै उनले परित्याग गरेका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि उनी एमाले प्रवेश गरेका थिए। शुक्लासँगै पत्नी पल्लवी शुक्ला पनि एमालेमा प्रवेश गरी रुपन्देही क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेकी थिइन्। तर, उनी पराजित भएकी थिइन्।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ३ : ०७ बजे

नुवाकोटबाट बुटवल झर्दे गरेको स्कुटर दुर्घटना, २ जना किशोरीको मृत्यु

बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा

सरकारको ‘विभेदकारी विज्ञापन नीति’ अवज्ञा गर्न स्थानीय तहलाई आह्वान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले संघीय सरकारको ‘विभेदकारी विज्ञापन

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका