४ पुस २०८२, शुक्रबार | December 19, 2025

विशेष कारण देखाउँदै माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बैठक अर्को सूचना नभएसम्मका लागि विशेष कारणबस स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

यसअघि माघ २८ र २९ गते काठमाडौंको प्रज्ञा भवनमा बैठक बस्ने तय भएको थियो । गत पुषमा महाधिवेशन गरेको माओवादीले केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन । महाधिवेशनपछि पटकपटक केन्द्रीय समिति बैठक बोलाईंदै स्थगित हुँदै आएको छ । जसका कारण पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो चयन गर्ने काम रोकिएको छ ।

भोलि बस्ने भनिएको बैठकमा एमसीसीबारे समेत छलफल गर्ने बताइएको थियो । एमसीसी मुख्यालयलाई अध्यक्ष प्रचण्डले गत असोजमा पत्राचार गरेको पत्र केही दिनअघि बालुवाटारले सार्वजनिक गरेपछि माओवादी भित्र तरंग फैलिएको छ । अधिकांश माओवादी नेताहरु एमसीसी परिमार्जन विना पारित गर्नै नहुने अडानमा रहेका छन् । महाधिवेशनले समेत एमसीसी परिमार्जन विना गर्न नसकिने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले पठाएको पत्रमा एमसीसी पारित गराउन सकारात्मक भूमिका खेल्ने उल्लेख गरिएको थियो । सो पत्रमा एमसीसीका बुँदा परिमार्जनबारे कुनै विषय उठाइएको थिएन ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ४ : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको