२४ असार २०८३, बुधबार | July 8, 2026

वैशाख ३० गते जनताबाट न्याय प्राप्त गर्ने अभियानको सुरुवात हुनेछ : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७९ वैशाख ३० गतेबाट सर्वोच्च न्यायाधीस जनताबाट न्याय प्राप्त गर्ने अभियानको सुरुवात हुने बताएका छन् ।

शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले जनताको मतबाट देशभत्तिको खोल ओडेका तत्वलाई पराजित गर्ने दाबी समेत गरे ।

सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेपछि अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।

‘यस निर्वाचनको असाधारण महत्व छ । यसले ठूलो राजनीतिक फैसलाको प्रारम्भ गर्नेछ,’ ओलीले भने, ‘अब जनादेश र परमादेशबीच सार्वभौमसत्ता सम्पन्न जनता र त्यो जनमतलाई उपहास गरेर, पार्टी फोरेर, सरकार ढालेर, प्रतिक्रियावादीको सेवामा समर्पित हुन जाने, प्रगतिशिलता, बामपन्थता, देशभत्तिको खोल ओडेका तत्वहरु र तीनका मतियारहरुलई सार्वभौमसत्ता सम्पन्न जनताको पवित्र अभिमतबाट अर्थात जनमतको माध्यमबाट पराजित गर्ने र सर्वोच्च न्यायाधीस जनताबाट न्याय प्राप्त गर्ने अभियानको सुरुवात वैशाख ३० को निर्वाचनबाट हुनेछ ।’

ओलीले आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्दै कसैले मतपत्र च्यात्ने दुस्साहस नगरुन भन्दै चेतावनी पनि दिए । ओलीले अघि भने, ‘बत्ती निभाएर जित्ने, मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’आउँदो निर्वाचनमा बहुमत स्थानीय तहमा जित्छौं, के गर्लान् विचराहरु ? भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ ।’

अध्यक्ष ओलीले राष्ट्रिय राजनीतिलाई सकारात्मक रुपमा अघि बढाउने कुराको थालनी स्थानीय निर्वाचनबाट हुने उनले बताए ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  २ : ०८ बजे

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

स्थानीयतहका पदाधिकारी/सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी

१२ हजार घुस लिएको अवस्थामा वन अधिकृत घुससहित पक्राउ

काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन – ‘उद्योगीलाई धरपकड गर्ने सरकारको नीति छैन’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको