८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले जान्छ ? जाने-नजाने टुंगो छैन, छलफल गरेर तय हुन्छ – नेम्वाङ



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सोमबार सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।

तर, प्रमुख प्रतिपक्षी एमाले बैठकमा सहभागी होला कि नहोला रु किनकी एमालेले निस्कान गरेका भनिएका १४ सांसदलाई सभामुख सापकोटाले नहटाएको भन्दै एमालेले सभामुखले बोलाएका सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ । यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।

सत्ता गठबन्धनका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता गरेको भोलिपल्ट अर्थात् आज बोलाइएको बैठकमा पनि एमाले सहभागी हुने सम्भावना न्यून रहेको ठानिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली त एकीकृत समाजवादी पार्टी नभइ समूह रहेको र त्यो अवैध भन्दै आएका छन् ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि ‘सभामुख सापकोटाले बोलाएका सर्वदलीय बैठकमा अहिलेसम्म एमाले नगएको’ बताए ।

यद्यपि कार्यव्यवस्था समितिमा एमाले सहभागी हुँदै आएको छ । ‘आजको सर्वदलीय बैठकमा एमाले जाने-नजाने टुंगो छैन, छलफल गरेर तय हुन्छ’, नेम्वाङले भने ।

सभामुख सापकोटाको निजी सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेमकिपा सांसद प्रेम सुवाल, जनमोर्चा सांसद दुर्गा पौडेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतलाई बोलाइएको छ ।

सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि मुलुकको राजनीति तरंगित भएको छ । प्रमुख प्रतिपक्षी एमालेले महाभियोग प्रस्ताव षडयन्त्रको भूमरीबाट आएको भन्दै प्रतिवाद गर्ने भनिसकेको छ । एमाले संसदीय दलको बैठक पनि आज बस्दैछ ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : ३२ बजे

बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम

बागमती ।  बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा

मुक्तिनाथको दर्शनपछि प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र-१ स्थित पवित्र मुक्तिनाथ

भैरहवापछि रास्वपाको पोखरा सभा पनि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा आयोजना गर्ने भनिएको

एमालेको झण्डा जलाउनेमाथि कारबाही नभए प्रतिवादमा उक्रने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट नेसनल भोलिन्टियर फोर्सले पार्टीको

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति

काठमाडौ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार