काठमाडौं । सरकारले संसदमा एमसीसी प्रस्तव पेश गर्ने तयारी गरिरहेको भन्दै बानेश्वर क्षेत्रमा विभिन्न दलले विरोध प्रदर्शन गरिरहेका छन् ।
सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा प्रहरी र केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले पानीको फोहोर प्रयोग गरेको छ ।
प्रदर्शन गर्ने क्रममा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अखिलका अध्यक्ष सुदेश पराजुली पक्राउ परेका छन् ।
उनी नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ परेका हुन् । प्रदर्शनकै क्रममा माओवादी निकट युवा संगठन वाइसिएलका संयोजक सुमन देवकोटा घाइते भएका छन् ।
एमसीसीसम्बन्धी प्रस्ताव आज संसद् बैठकमा टेबुल हुने भनिएपछि विभिन्न दलका निकट युवा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका थिए ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार प्रदर्शनको क्रममा उछृङ्खल गतिविधि गर्नेहरू पक्राउ परेका छन् ।






तस्बिर : न्यूज कारखाना



















प्रतिक्रिया