७ पुस २०८२, सोमबार | December 22, 2025

पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु



काठमाडौं । नेपालमा थप ६३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा नौ हजार ७५६ नमुना परीक्षण गर्दा ६३९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

६ हजार ७८२ नमुनाको पीसीआर परीक्षण गर्दा ५४८ जनामा र दुई हजार ९७४ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिइन् ।

उनका अनुसार योसँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६०० जना कोरोना संक्रमणमुक्त हुँदा तीन जनाले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार १०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ५ : ५० बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका