१० श्रावण २०८३, आइतबार | July 26, 2026

पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु



काठमाडौं । नेपालमा थप ६३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा नौ हजार ७५६ नमुना परीक्षण गर्दा ६३९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

६ हजार ७८२ नमुनाको पीसीआर परीक्षण गर्दा ५४८ जनामा र दुई हजार ९७४ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिइन् ।

उनका अनुसार योसँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६०० जना कोरोना संक्रमणमुक्त हुँदा तीन जनाले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार १०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ५ : ५० बजे

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौं । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिनुभएका ४९ वर्षीय पासाङ दावा शेर्पाले