२२ बैशाख २०८१, शनिबार | May 4, 2024

२४ घण्टामा कोरोनाका ३५० सङ्क्रमित थपिए, ४ को मृत्यु



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट थप चार जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ९६ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७५ हजार ३३० पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ५६४ रहेको छ ।

पछिल्लो समय एक हजार २७२ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५० हजार ५६ पुगेको छ । यो दर ९६ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । चारको मृत्यु हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९१७ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप चार जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणबाट हुने मृत्युदर १.२ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय सात लाख ६९ हजार ५७६ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३५७ रहेको छ । अहिले होमआइसोलेशनमा १२ हजार ८२८ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ५२९, आइसीयूमा १४२ र भेन्टिलेटरमा १७ जनाले उपचार गराइरहेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ५ : ३६ बजे

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको