३ पुस २०८२, बिहिबार | December 18, 2025

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीमा जुट्ला सहमति ?



काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताबारे छलफलल गर्न आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार आज बिहान १० बजे पाँचै दलको बैठक बस्दै छ ।

एमसीसीको विषयलाई लिएर पाँचै दलबीच मतभिन्नता छ । नेपाली कांग्रेस एमसीसी पक्षमा छ भने नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा विरोध गरिरहेका छन् ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले संसद्मा पेश हुन नरोक्ने तर, संशोधन भएसम्म यसको पक्षमा नउभिने जनाएको छ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष पारित गर्ने पक्षमा छ भने अध्यक्ष उपेन्द्र यादव पक्ष पारित गर्न नहुने पक्षमा देखिएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले भने यसको विषयमा कुनै निर्णय गर्न सकेको छैन । यस विषयमा निर्णय गर्ने जिम्मामा शीर्ष नेताहरुलाई दिएको छ ।

आज बस्ने गठबन्धनको बैठकले निकास दिने गरी निर्णय गर्ने जनाइएको छ । आजै दिउसो १ बजे प्रतिनिधिसभाको बैठक पनि बस्न लागेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ७ : २९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका