काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
९ हजार ४२४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २९९ तथा एन्टिजेन विधिबाट १७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
यही अवधिमा थप ८३१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कूल संक्रमित मध्ये ९ लाख ५३ हजार ४३० जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । नेपालमा हाल १० हजार ७४७ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ९२८ जनाको मृत्यु भएको छ ।



















प्रतिक्रिया