७ पुस २०८२, सोमबार | December 22, 2025

कानुन मन्त्री बडूको घरमा विप्लवको कालो झण्डा, प्रहरी बेखबर



दार्चुला । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको गृहजिल्ला दार्चुला सदरमुकामस्थित घरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताहरूले कालो झण्डासहित ब्यानर राखेका छन् ।

एमसीसीको विरोधमा मन्त्री बडूको घरमा बिहीबार कालो झण्डा र ब्यानर टाँगेको नेकपा दार्चुलाका सचिव भरत मल्लले जानकारी दिए । मन्त्री बडूको दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिका-५ नमस्कारमा रहेको घरमा कालो झण्डासहित ब्यानर टाँगेर एमसीसीको विरोध गरेको उनकाे भनाइ छ ।

बडूकाे घरमा टाँगिएकाे ब्यानरमा दलाल मन्त्री मुर्दावाद, एमसीसी खारेज गर लगायतका नारा लेखिएको छ ।

विप्लवका कार्यकर्ताहरूले मन्त्री बडूको घरमा कालाे झण्डा राखेकाे विषयमा प्रहरी बेखबर रहेको छ । त्यस सम्बन्धमा प्रहरीलाई कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए ।

विप्लवका कार्यकर्ताहरूले बिहीबार दार्चुला सदरमुकाम खलंगामा पनि एमसिसिको विरोधमा प्रर्दशन गरेका छन् ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ६ : १० बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत