४ पुस २०८२, शुक्रबार | December 19, 2025

सबै कुरा सकिएपछि फुटाएर काम चलाउने खुत्रुके एमाले होइन : नेम्वाङ



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा माओवादी केन्द्रसँग सकारात्मक रूपमा छलफल अघि बढेको बताएका छन् ।
बिहीबार साँझ माओवादी केन्द्रसँगको बैठकपछि संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा नेता नेम्वाङले छलफललाई निरन्तर अघि बढाउने छसहमति भएको बताए ।

माओवादीसँग पुनः सहकार्य हुन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा भने उनले परिस्थिती त्यो लेभलमा नपुगेको बताए ।

उनले धेरै समय पश्चात् यो तहमा गम्भिर भएर छलफल भएको भन्दै उनले माओवादीसँग पुनः छलफल गर्दै जाने बताए ।

नेम्वाङले एमसीसीबारे छलफल भइरहेको भन्दै उपयुक्त विन्दुमा पुगेर निर्णय गर्ने बताए ।
उनले आफूहरु खुत्रुके जस्तो सबै कुरा सकिएपछि फुटाएर काम चलाउने पक्षमा नरहेको भन्दै उनले संविधान र पद्धतिसँग आफूहरु नजिक रहेको बताए ।

‘अध्यक्ष ओलीको भाषामा भन्दा हामी हामी खुत्रुकै होइनौँ, सबै कुरा सिदिएपछि फुटाएर काम चलाउने,’ नेम्वाङले भने, ‘हामी यो देशको संविधान र सिस्टमसँग नजिक छौँ ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ७ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको