२५ आश्विन २०८३, आइतबार | October 11, 2026

एमालेसँग वार्ता गर्न कांग्रेस नेताहरू बालकोटमा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता गर्नका लागि सत्तारूढ नेपाली कांग्रेसका नेताहरू बालकोट पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता अघि दोस्रो तहका नेताहरूबीच छलफल हुँदैछ ।

सरकारले संसदमा पेस गरेको अमेरिकी सहयोग परियोजना एमसिसीलाई पारित गर्ने र संसद सुचारु गर्ने विषयमा प्रधानमन्त्री देउवा र ओलीबीच यसअघि लगातार दुई दिनसम्म भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्नका लागि सहयोग गर्न ओलीलाई आग्रह गरेका थिए भने ओलीले आफ्नो पुरानो अडान दोहोर्‍याउँदै आएका छन् ।

एमालेले पार्टीले कारबाही गरेका १४ सांसदको सूची सभामुखले नटाँसेर पार्टी फुटाउन सहयोग गरेको भन्दै संसदमा विरोध गर्दै आएको छ । एमालेको विरोधकै बीच गत आइतबार एमसिसी सम्झौता संसदमा पेस भएको छ । यसबीचमा सरकारको आग्रहमा संसद बैठकहरू स्थगित हुँदै आएका छन् ।

सत्ता गठबन्धनका दलहरूले विपक्षमा मतदान गर्ने निर्णय गरेपछि दबाबमा रहेका प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्ने वातावरण बनाउन ओलीसँग आग्रह गर्दै आएका छन् ।

देउवा र ओलीको आजको बैठकले यस विषयमा निर्णय लिन सक्ने आंकलन गरिएको छ । दुवै नेताबीचको वार्ताअघि अघि दोस्रो तहका नेताहरू वार्तामा जुटेका छन् ।

वार्ताका लागि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेता बालकोट पुगेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायत नेता पनि वार्तामा सहभागी हुँदैछन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ५ : १६ बजे

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत

बूढीगण्डकी बाढीप्रभावित नागरिकको उद्धार र राहतमा जुट्न प्रचण्डको आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

घरघरमा जमरा राखियो

काठमाडौं । आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना

सीएनआईवाईईएफ लुम्बिनीको ‘दसैँ कनेक्ट’ कार्यक्रम सम्पन्न

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले

तनहुँ जलविद्युत् आयोजनाद्वारा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नमुना अभ्यास

तनहुँ। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम