६ पुस २०८२, आइतबार | December 21, 2025

खुदीमा निःशुल्क आँखा तथा दन्त शिविर



लमजुङ । अर्थभाव र चेतनाको कमीले स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेका ग्रामीण भेगमा स्थानीयवासीलाई लक्ष्य गरी सञ्चालन गरिएको निःशुल्क आँखा तथा दन्त शिविरबाट ३०२ स्थानीयवासी लाभान्वित भएका छन् ।

मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा शनिबार गाउँपालिकाको आर्थिक र जिल्ला अस्पताल लमजुङको प्राविधिक सहयोगमा त्रिशक्ति महिला सञ्जालाले ११२ औँ नारी दिवसका अवसरमा आयोजना गरेको एकदिने शिविरमा स्थानीयवासी लाभान्वित भएका हुन् ।

तीमध्ये ११० पुरुष र १९२ महिला छन् । जिल्ला अस्पताल लमजुङमा प्रमुख हेमन्त श्रेष्ठका अनुसार उक्त शिविरमा ९२ जनाले दन्तसम्बन्धी र २६३ ले आँखासम्बन्धी सेवा लिएका थिए ।

शिविरमा ३७ जना दात र २७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सिफारिस गरिएको छ भने १४७ लाई निःशुल्क चश्मा वितरण गरेको आयोजकले जनाएको छ । शिविरमा जिल्ला अस्पतालका डा सरोज महर्जन र नेत्र सहायक दीप गुरुङका नेतृत्वमा सात प्राविधिकले सेवा दिएको अस्पतालले जनाएको छ ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा हुने भएकाले स्थानीयदेखि सरकारले स्वास्थ्य क्षेत्रममा विषेश ध्यान दिनुपर्ने बताए । शिविरमा करिब रु ७० हजारभन्दा बढी पालिकाको खर्च भएको बताइएको छ । गाउँघरमै स्वास्थ्य जाँच गर्न पाएपछि स्थानीय तथा सेवाग्राही हर्षित भएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : ५४ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)