१९ बैशाख २०८१, बुधबार | May 1, 2024

लुम्बिनी प्रदेशका ५ जिल्लामा बढ्दै लागुऔषध कारोबार



दाङ । लुम्बिनी प्रदेश राजधानी दाङसहित, पश्चिम नवलपरासी, बाँके, बर्दिया, कपिलवस्तु दाङ र रुपन्देहीमा लागुऔषध कारोबार मौलाउँदै गएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला वर्षमा कारोबारमा संलग्न कम पक्राउ परे पनि उल्लेख्यरुपमा सुधार हुन सकेको छैन् । प्रदेशमा चार वर्षको अवधिमा लागुऔषध कारोबारमा संलग्न करिब ३ हजार कारोबारी पक्राउ परेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार प्रदेशमा आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म लागुऔषध कारोबारमा संलग्न २ हजार ९ सय ९८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विदेशी नागरिक समेत रहेका छन् ।

चार वर्षको अवधिमा १ सय ११ विदेशी नागरिक लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका विदेशीहरु सबै पुरुष रहेका छन् ।

प्रदेशमा चार वर्षको अवधिमा लागुऔषध कारोबारमा संलग्न रहेका करिब ३ हजार कारोबारी पक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता एसएसपी केदार घिमिरेले जानकारी दिए ।

चालुवर्षको करिब सात महिनाको अवधिमा मात्रै ३ सय ८२ पुरुष र २५ जना महिला लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा आर्थिक वर्ष २०७५/७६ मा १ हजार २ सय ११ जना पक्राउ परेका छन् भने आर्थिक वर्ष २०७६/७७ मा ८ सय २ जना कोरोबारी पक्राउ परेका छन् । यसैगरी आर्थिक २०७७/०७८ मा ५ सय ७९ जना र चालु आर्थिक वर्षको माघ अन्तिमसम्म ४ सय ७ जना पक्राउ परेका छन् । प्रदेशमा चार वर्षको अवधिमा २ हजार ८ सय ५ जना पुरुष रहेका छन् भने १९३ जना महिला पक्राउ परेको प्रवक्ता घिमिरेले बताए ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १० : ०१ बजे

नविल बैंक चोरी प्रकरणमा १ भारतिय सहित ४ जना पक्राउ

वीरगंज । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने

नेपालले तेस्रो विकेट गुमायो, आरिफ आउट

काठमाडौं । नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका आरिफ

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य

अन्तर्राष्ट्रिय श्रमिक दिवस : घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर

तनहुँ । व्यास नगरपालिका-२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य