२० मंसिर २०८२, शनिबार | December 7, 2025

अध्यक्ष तिमिल्सिनाले गरे फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलसँग भेटघाट



काठमाडौं। नेपाल भ्रमणमा रहेको फ्रान्सको संसदीय प्रतिनिधिमण्डलले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गरेको छ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधबार फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको हो । शिष्टाचार भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले ७३ वर्ष लामो नेपाल–फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पुर्‍याएको योगदानको प्रशंसा गरे।

फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निरन्तर समर्थन गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै उनले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यका रुपमा रहेको स्वतन्त्रता, समानता र भातृत्व नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षमा सधैं प्रेरणादायी रहँदै आएको बताए ।

दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको तथा मित्रता, सद्‍भाव र आपसी समझदारीमा आधारित रहेको छ,अध्यक्ष तिमिल्सिनाले भने वर्षौंदेखि उच्चस्तरीय भ्रमणको आदान प्रदानले विद्यमान सम्बन्धलाई गति दिएको छ। यसमा दुवै देशका संसदले आ–आफ्नो पक्षबाट योगदान गरेका छन् । यस्ता उत्कृष्ट अभ्यासहरू र योगदानलाई हामी हाम्रा जनताको हितमा लगाउन सक्दछौ।

भेटका क्रममा उनले अहिलेको विश्वको साझा चुनौति भनेको कोरोना महामारी र जलबायु परिवर्तन रहेको बताउँदै त्यसको सबै मिलेर सामना गर्नुपर्ने धारणा राखे।

त्यसैगरी फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष रियोटनले आफूहरुको नेपाल भ्रमणका क्रममा गरेको आथित्यता र सम्मानप्रति आभार व्यक्तगरे ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : २३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल