५ पुस २०८२, शनिबार | December 20, 2025

मनाङमा कांग्रेसको चुनावी अभियान सुरु



मनाङ । नेपाली कांग्रेसले हिमाली जिल्ला मनाङमा चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको छ । पार्टीको जिल्ला कार्यसमितिद्वारा आयोजित घर–घर जाऔँ कांग्रेस जिताऔँ चुनाव केन्द्रित अभियान शुक्रबारदेखि सुरु भएको हो ।

अभियानको केन्द्रीय सदस्य गणेश लामाले शुभारम्भ गर्दै पार्टीभित्रका सबै मतभेद बिर्सेर एकताबद्ध भई कांग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्ने बताए । केन्द्रीय सदस्य लामाले भने, “पार्टीभित्र भएका मतभेद बिर्सौ, एकताबद्ध भएर हामी अगाडि बढ्नुपर्छ । हिमाली जिल्ला मनाङबाट कांग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्छ ।”

पार्टीका जिल्ला सभापति शङ्कर गुरुङले चुनावी अभियानका लागि अब गाउँमै व्यस्त हुनुपर्नेमा जोड दिए । गुरुङका अनुसार स्थानीय चुनावको तयारीकै लागि गाउँ केन्द्रित भएका छौँ, गाउँमा उत्साह छ, सुशासन प्रवद्र्धन हुन्छ भन्ने आशा आम नागरिकमा बढेको छ ।

कार्यक्रममा कांग्रेस नेता टेकबहादुर गुरुङ, पाल्टेन गुरुङ, कोमलबहादुर घले तथा कर्मा गुरुङले पार्टीको निर्णय स्वीकार गरेर कांग्रेसलाई जिताउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
–––

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ११ : ५२ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र