६ पुस २०८२, आइतबार | December 21, 2025

श्री नेवाः सेवा समितिमा चिरन्जिवी श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित, नेवाः समुदायलाई महासंघ मोडलमा लैजाने प्रस्ताव स्विकृत



बुटवल । बुटवलमा क्रियाशिल श्री नेवाः सेवा समितिको छैठौं अधिवेशनले आगामी कार्यकालका लागि पुनः चिरन्जिवी श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

शनिबार अवेर राती सम्पन्न अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ पुनः चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा बसन्ति श्रेष्ठ, उपाध्यक्षमा डिल्ली प्रसाद श्रेष्ठ, सचिवमा सारदा श्रेष्ठ, कोषध्यक्षमा दलबहादुर श्रेष्ठ र सहसचिवमा लक्ष्मण श्रेष्ठलाई निर्वाचित भएका छन् ।

६ जना कार्यसमिति सदस्य सहित सर्वसम्मत चयन गर्दै ध्रुव प्रसाद श्रेष्ठको संयोजकत्वमा विष्णुमाया श्रेष्ठ सदस्य रहेको लेखा समिति समेत चयन गरेको नवनिर्वाचित अध्यक्ष चिरन्जिवी श्रेष्ठले जानकारी दिए । अधिवेशनबाट तारा श्रेष्ठको अध्यक्षतामा महिला समिति समेत गठन गरिएको उनले बताए । श्रेष्ठका अनुसार पुरानो कार्यसमितिको केही जिम्मेवारी फेरबदल गर्दै नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

निर्वाचन प्रक्रिया सुरुहुनु अघि साधारणसभाले अध्यक्ष श्रेष्ठको प्रतिबेदन र लेखा समितिबाट प्रस्तुत २ वटा आर्थिक वर्षको आर्थिक प्रतिबेदन अनुमोदन गरेको थियो । सभाबाट बुटवलमा छरिएर रहेका नेवाः संघ संस्थाहरुलाई एकताबद्ध बनाएर महासंघको मोडलमा लैजाने प्रस्ताव पास गरेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  २ : ५७ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)