१७ भदौ २०८३, बुधबार | September 2, 2026

कांग्रेसको चुनाव लक्षित अभियान सुरु, कम्युनिष्टप्रति वितृष्णा बढेको नेताहरुको मूल्यांकन



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आजदेखि एक महिने अभियान सुरु गरेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई लक्षित गरी ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ भन्ने नाराको साथ अभियान सुरु भएको हो । अभियानको लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाएको छ ।
अभियानकै लागि बझाङ सदरमुकाम चैनपुरमा उद्घाटन कार्यक्रममा पुगेका कांग्रेस नेता रमेश लेखकले कार्यकर्तामा अत्यन्तै उत्साहा भेटेको बताएका छन् ।

कम्युनिष्टले अघिल्लो चुनावमा स्थिरता, विकास र आर्थिक सम्वृद्धिको नारा बाढेर व्यवहारमा नदेखाउँदा जनतामा निरासा मात्रै छाएकोले कांग्रेसमा आकर्षण बढेको नेता लेखकको भनाइ छ ।

न्युज कारखानासँग कुरा गर्दै उनले ‘ भने बझाङमा कांग्रेसको पक्षमा माहोल छ । म एक दुई हप्ता यसै बसेर चुनावी अभियानमा सहभागी हुन्छु । गाउँघर,टोल र वडामा घुम्छु ।’

यस्तै आज कांग्रेस नेतृ लक्ष्मी परियार उदयपुर गाइघाटस्थित आफ्नै निर्वाचन क्षेत्रमा सहभागी भइन् ।
उनले पनि उद्घाटन कार्यक्रम अत्यन्तै उत्साहपूर्ण रहेको बताईन् ।

उनले भनिन् ‘कार्यक्रमको सुरुदेखि अन्त्यसम्म सवै कार्यकर्ता सहभागी भए । यो एक महिनाभित्र हामी प्रतिस्पर्धी दलसँग चुनावमा जित्नेगरी जान्छौं भन्ने छ ।

कम्युनिष्ट पार्टीका कार्यकर्ताले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बारे छरेको भ्रम झण्डै ५० प्रतिशत चिरिइसकेको अवस्था छ । ’

कार्यकर्ता खोज्न केहि ढिला गर्नुभयो भन्ने केहि गुनासो आएपनि कार्यकर्ता आक्रोसित नै चाहिँ भइनसकेको उनले बताईन् ।
अभियान अवधिभर कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पारित गरिएको कारणबारे प्रष्ट्याउनुको साथै संविधानको रक्षाको लागि कांग्रेसले निर्वाह गरेको भूमिकाको सन्दर्भमा जनतालाई प्रष्ट पार्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ९ : ०२ बजे

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौँ । यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

प्रहरीले मृतक प्रहरीका परिवारलाई तत्कालै १० लाख दिने, प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने

काठमाडौं । गते रसुवा भोटेकोशी/त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको

भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुग्यो

काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार

रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका