२० श्रावण २०८३, बुधबार | August 6, 2026

रहेनन् नेपालगन्जका व्यवसायी नेता दामोदर आचार्य



नेपालगन्ज । नेपालगन्जका व्यवसायी अगुवा तथा माओवादी केन्द्रका नेता दामोदर आचार्यको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित आचार्यको ५९ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

नेपालगन्ज् उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आचार्य नेकपा मसालबाट राजनिती गर्दै पछिल्लो समय नेकपा माओवादी केन्द्रमा सक्रिय थिए । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका आचार्य खरो स्वभाव र आदर्शवादी व्यक्तिकारुपमा स्थापित नेता हुन् । नेपाल उद्योग बाणिज्य महासंघका केन्दीय सदस्य भइसकेका आचार्य हाल नेकपा माओवादी केन्द्रको लुमिबनी प्रदेश कमिटीका सदस्य थिए ।

उनको भारतको नयाँ दिल्ली स्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो ।

प्युठानको खैरामा जन्मेका आचार्य लामो समय सरकारी जागिरे रहेपनि कर्मचारीकै हैसियतमा राजनितीमा पनि सक्रिय थिए । बहुदल आए लगत्तै भएका कर्मचारी आन्दोलनबाट जागिर गएपछि उनले नेपालगन्जमा व्यवसाय संगै भुमिगत राजनिती गर्दै आएका थिए । आचार्यका श्रीमती सहति १ छोरा र ३ छोरी छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १० : १४ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको