७ पुस २०८२, सोमबार | December 22, 2025

काठमाडौं आउँदै गरेको यात्रुवाहक बसमा आगलागी



सुर्खेत । कालीकोटबाट काठमाडौंका लागि छुटेको छुटेको ना ८ ख २३५६ नंको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्ण रुपले नष्ट भएको छ ।

शुक्रबार साँझ कालीकोटको जिते बजारबाट छुटेको बस कालीकोटदेखि सुर्खेत-नेपालगन्ज हुँदै काठमाडौँ जाँदै थियो । बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका-८ सुर्खेत ओदाल तालस्थित आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

तार सट भएर आगलागी हुँदा बस पूर्ण रूपले नष्ट भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोली बस जलेको सूचना पाउने बित्तिकै वीरेन्द्रनगर नगरपालिकाको दमकल लिएर त्यहाँ पुगेको थियो । दमकलले आगो निभाए पनि बस पूर्णरुपले जलेको छ ।

आगलागी भएलगत्तै बसमा सवार यात्रु झरेपछि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । बस चालक सुरेन्द्र थापाले ओदालतालस्थित सडकको उकालो सकिने अन्तिम मोडमा बस चल्दाचल्दै केही पड्किएको जस्तो आवाज आएको बताए ।

‘घुम्तीमा बस मोड्ने क्रममा केही पड्किएको आवाज आयो । हत्तपत्त ह्यान्ड ब्रेक लगाएँ र झरेर हेर्दा गेयरबक्स र इन्जिनको बीचमा सानो आगो बलेको थियो,’ चालक थापाले भने, ‘यात्रुहरू सबै झर्नुभयो । सेक्टा भाँचेर आगो निभाउन खोज्दै थियौँ, तर आगोले एकैचोटि माथि भेट्यो ।’

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ७ : ५३ बजे

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने