१२ असार २०८३, शुक्रबार | June 26, 2026

स्थानीय तहका उम्मेदवार निर्दलीय हुनुपर्छ : हृदयेश त्रिपाठी



काठमाडौं । स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्नेभन्दै जनता प्रगतिशील पार्टी नेपालले आफ्नो धारणा प्रस्ट पारेको छ। शनिबार केन्द्रीय कमिटी बैठकको आयोजना गर्दै पार्टी अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्ने बताएका हुन् ।

दलिय आधारमा हुँदा सक्षम, क्षमतावान र इमान्दार जनप्रतिनिधि निर्वाचित हुन कठिन हुने आफूहरूको धारणा रहेको उनले प्रस्ट पारे । पार्टीले स्थानीय तहमा कर्मठ, विकासकर्मी र प्रगतिशील विचार बोकेका व्यक्तिलाई स्थानीय तहको निर्वाचनका लागि पार्टीमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

‘हाम्रो प्राथमिकतामा युवा वर्ग हुने छ । हामी युवालाई अवसर दिन चाहन्छौं,’ उनले भने। स्थानीय तहको बढ्दो बेरुजु र अनियमितता अन्त्य नै आफ्नो पार्टीको मूल चुनावी नारा हुने उनले बताए ।

यसका साथै अध्यक्ष त्रिपाठीले माध्यामिक तहसम्मको शिक्षा र आधारभूत स्वास्थ्य तथा कृषिको उन्नती आजको आवश्यकता रहेको बताए ।

स्थानीय तहमा स्वतन्त्र जनप्रतिनिधि हुँदा उसले निश्पक्ष ढंगले काम गर्नेमा आफूहरू विश्वस्त रहेको त्रिपाठी बताउँछन् । उनले आफ्नो पार्टीबाट कुनै प्रतिनिधिले जिते दलीय बन्धनमा नराख्ने बताएका छन् ।

यसका साथै उनले नेपाली राजनीतिमा गठबन्धनको संस्कृति हाबी हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘गठबन्ध गरेर सरकार चलाउनु गलत छ । गठबन्धन गरेर चुनावमा जानु पनि गलत हो । त्यसले जनताको स्वस्थ म्यान्डेट आउँदैन । गठबन्धन गर्ने हो भने छुट्टाछुट्टै दल किन चाहिए । यो परिपाटी संविधान र लोकतन्त्र विपरित छ,’ अध्यक्ष त्रिपाठीले भने ।

यसका साथै उनले प्रतिनिधि सभा सदस्य रेशम चौधरीको रिहाइको माग समेत गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : २२ बजे

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै