३० भदौ २०८३, मंगलबार | September 15, 2026

आफूले मागे जति सिट नपाए रोल्पामा कांग्रेस एक्लै चुनाव लड्ने



काठमाडौं । नेपाली कांग्रेस रोल्पाले आफूले मागेको जति सिट नपाए एक्लै चुनाव लड्ने भएको छ । २९ फागुनदेखि चलेको एक महिने ‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियानका क्रममा प्राप्त सुझाव र उक्त सुझावमाथि भएको छलफलले आफूले मागे जति सिट नपाए एक्लै चुनाव लड्ने निर्णयमा पुगेका कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यले जानकारी दिए ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका दलहरूबीच तालमेल गर्ने भनिएका बेला कांग्रेस रोल्पाले तालमेलका लागि सर्त अघि सारेको हो ।

कांग्रेस रोल्पाले १० वटा पालिकाहरुमध्ये ५ वटा पालिकामा प्रमुख, ५ वटा पालिकामा उपप्रमुख, ३६ वटा वडाहरुमा अध्यक्ष सहित १ जना सदस्य र ३६ वटा वडाहरुमा ३ जना सदस्यको उमेदवारी हुने गरी गठबन्धनमार्फत निर्वाचनमा भाग लिने गरी सर्त अघि सारेको हो । यदी उक्त सर्त मान्य नहुने हो भने एकल ढंगले मित्रवत रुपमा सौहार्दतापूर्वक निर्वाचनको प्रतिस्पर्धामा भाग लिने सभापति आचार्यले जानकारी दिए ।

आचार्यले बुधबार जारी गरेको विज्ञप्ति

२०७८/११/२८ गते प्रारम्भ भएको नेपाली काँग्रेसको ’घरघर जाऔं कांग्रेस जिताऔं’ भन्ने १ महिने अभियान नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पाको आयोजनामा मिति २०७८/१२/२९ गते सम्पन्न भएको छ । सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि गेहेन्द्र गिरी, नेपाली कांग्रेस रोल्पाका शीर्षस्थ नेताहरु, जिल्ला कार्य समितिका पदाधिकारीहरु, सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, पूर्व पदाधिकारी तथा सदस्यहरु, क्षेत्रीय समिति, पालिका समिति र वडा समितिका सभापतिहरु, विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत १४ औं महाधिवेशनका जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका प्रत्यासीहरु समेतको बृहत उपस्थिति थियो ।

नेपाली काग्रेस जिल्ला कार्यसमिति रोल्पाले उक्त अभियान अन्तर्गत जिल्लाका ७२ वटै वडाहरुमा जिल्लाबाट प्रतिनिधहरु खटाई, खटाईएका प्रतिनिधिहरु मार्फत जिल्लामा कांग्रेसको अवस्था, तथा गठबन्धनमा काँग्रेसको सहभागिता लगायतका विषयहरुमा मत सर्वेक्षण गरी प्राप्त भएका प्रतिवेदनहरुमाथि व्यापक छलफल भयो । छलफलका क्रममा जिल्लामा नेपाली काँग्रेसको स्थिति विगतभन्दा बलियो भएको हुँदा केन्द्रीय गठबन्धन संयन्त्रको निर्णय अनुसार रोल्पा जिल्लामा गठबन्धन गर्ने हो भने सम्मानजनक सहभागिताका लागि नेपाली काँग्रेस रोल्पाले १० वटा पालिकाहरुमध्ये ५ वटा पालिकामा प्रमुख, ५ वटा पालिकामा उपप्रमुख, ३६ वटा वडाहरुमा अध्यक्ष सहित १ जना सदस्य र ३६ वटा वडाहरुमा ३ जना सदस्यको उमेदवारी हुने गरी गठबन्धन मार्फत निर्वाचनमा भागलिने । सो बमोजिम नभएमा एकल ढंगले मित्रवत रुपमा सौहार्दतापूर्वक निर्वाचनको प्रतिस्पर्धामा भाग लिने भन्ने सुझाव प्राप्त भएको ।

तत्पश्चात जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र १४ औं महाधिवेशनका जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका प्रत्यासीहरु समेतको अन्तरक्रियात्मक बैठक बसी समापन समारोहमा भएको सुझावमाथि छलफल गर्दा समेत सोही बमोजिम नै निर्वाचनमा जाँदा उपयुक्त हुने सबैको राय प्राप्त भएकोले गठबन्धनका लागि नेपाली कांग्रेस रोल्पाले भेलाबाट पाएको सुझाव सहितको निष्कर्ष बमोजिम गठबन्धनका अन्य दल सहमत भएमा सोही बमोजिम गर्ने र नभएमा एकल ढंगले मित्रवत रुपमा सौहार्दताका साथ निर्वाचन प्रतिस्पर्धामा भाग लिनका लागि तयारी गर्न पार्टीका क्षेत्र, पालिका तथा वडा समितिहरुलाई विज्ञप्ति मार्फत जानकारी गराउँदछ । जयनेपाल

किशोर कुमार आचार्य
सभापति

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १२ : ०३ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको