२२ बैशाख २०८१, शनिबार | May 4, 2024

फिलिपिन्समा बाढीः मृत्यु हुने ६७ पुगे, अझै १५० बेपत्ता



मनिला । फिलिपिन्समा यसै साता आँधीपछि आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । शक्तिशाली मेगी आँधीपछि आएको बाढीपहिरोमा अझै केही हराइरहेका छन् । बाढीपहिरोबाट मध्यप्रान्त लेयते सबैभन्दा बढी प्रभावित छ ।

माटो र पानीको बहावले घरहरू जलमग्न छन् । अबुयोग नगरपालिकाको तटीय गाउँ पिलारमा १३ जनाको मृत्यु भएको र अझै १५० जना बेपत्ता भएको अबुयोगका मेयर लेमुएल ट्रायाले बताएका छन् ।

पहिरोले सडक बगाएपछि २५० जनालाई डुंगाबाट उद्धार गरिएको उनले जानाकारी दिए । बाढी प्रभावित बेबे शहरमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । त्यस्तै २७ जना अझै बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

ठूलो संख्यामा मानिसहरू बेपत्ता भएकाले मेगीबाट मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । अबुयोगका प्रहरी प्रमुख क्याप्टेन जेम्स मार्क रुइजले पिलारमा पीडितका लागि थप डुङ्गाको आवश्यकता रहेको बताए ।

ब्यूरो अफ फायर प्रोटेक्सनले फेसबुकमा पोस्ट गरेका तस्विरमा भवनहरु भत्किएको र केही पानीमा डुबेको देख्न सकिन्छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  १२ : २४ बजे

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।