१० पुस २०८२, बिहिबार | December 25, 2025

राप्ती सोनारीमा आगलागी, जलेर ११ घर नष्ट



नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका-२ स्थित टिकुलीपुर गाउँमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन् ।

स्थानीयवासी सिताराम जैसीको घरबाट एक्कासी आगलागी सुरु भएपछि अन्य घरमा सल्किएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । उनका अनुसार, विद्युत् चुहिएर अचानक आगलागी भएको पाइएको छ ।

नेपालगञ्जबाट गएको दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट स्थानीय सीताराम जैसी, निमबहादुर विक, केशव खत्री, देवबहादुर खत्री, गीता कुसारी, दत्तबहादुर खत्री, नैनसिंह खत्री, हरिप्रसाद जैसी, भीमबहादुर खत्री, नरबहादुर वली र कणबहादुर खत्रीको घर जलेको छ ।

आगलागीबाट करीब एक करोडको क्षति भएको प्रारम्भिक आकलन गरिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी बताए ।

गाउँपालिकाको दमकल नभएका कारण नेपालगञ्जबाट घटनास्थल पुग्दा आगो बस्तीभर फैलिएको स्थानीय ज्ञानु वलीले बताए । आगलागी पीडितलाई तत्काल राहतको लागि त्रिपाल र खाद्यान्नको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ७ : ३८ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र