१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

रुसी रक्षामन्त्रीलाई ह्दयघात



मस्को । २४ फेब्रुवरीमा युक्रेनमा युद्ध सुरु गरेदेखि युक्रेनमा तैनाथ रुसी सेनाहरूले रणनीति परिवर्तन गर्न र धेरै कठिनाइहरूको साक्षी बन्न बाध्य छन् ।

रुसी रक्षामन्त्री सर्गेई सोइगुका युक्रेनी योजना अलमल परेका देखिन्छन् । ६६ वर्षीय नेतालाई ठूला हृदयघात भएको र उनी अहिले आफ्नो जीवनका लागि संर्घष गरिरहेका प्राप्त विवरणहरुमा जनाइएको छ ।

सोइगुलाई सघन उपचार कक्षमा राखिएको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधीका अनुसार मन्त्रीलाई अस्वभाविक ह्दयघात भएको छ ।

फेसबुकमा ६२ वर्षीय रुसी व्यापारी लियोनिद नेभ्जलिनले भनेका छन्, ‘सोइगु खेलबाट बाहिर छन्, बाँचे भने उनी असक्त बन्न सक्छन् । उनलाई अचानक हृदयघात भयो । प्राकृतिक कारणले हृदयाघात नभएको हल्ला चलेको छ । ’

युक्रेन हमलामा रुसले ठूलो क्षति बेहोरोको किभले दाबी गर्दै आएको छ । आफ्ना सेनाको सशक्त प्रतिकारका कारण रुसले १५ हजारभन्दा बढी सेना गुमाएको युक्रेनी पक्षको दाबी छ । रुसी सेनाका ठूलो संख्यामा जहाज तथा हेलिकोप्टरमा क्षति गरेको युक्रेनको दाबी छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ८ : १२ बजे

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

काठमाडौं । रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा