८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

भारतीय सेनाको नयाँ प्रमुखमा लेफ्टिनेन्ट जनरल मनोज पाण्डे



नयाँ दिल्ली । भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डे भारतीय सेनाको नयाँ प्रमुखमा नियुक्त भएका छन् । उनले १ वैशाखदेखि पदभार ग्रहण गर्नेछन् । कोर्पस अफ इन्जिनियर्सबाट प्रधानसेनापति बन्ने उनी पहिलो अधिकृत हुन् । उनी जनरल मनोज मुकुन्द नरवणेको उत्तराधिकारी हुनेछन् । नरवणेको कार्यकाल ३० अप्रिलमा पूरा हुँदैछ ।

‘सरकारले लेफ्टिनेन्ट जनरल मनोज पाण्डेलाई नयाँ सेना प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ’, रक्षा अधिकारीहरूको भनाई उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।

नेसनल डिफेन्स एकेडेमीका पूर्वछात्र लेफ्टिनेन्ट जनरल पाण्डे सन् १९८२ को डिसेम्बरमा कोर्पस अफ इन्जिनियर्समा भर्ती भएका थिए । उनले जम्मु कश्मीरको नियन्त्रण रेखाको किनारमा पल्लनवाला सेक्टरमा अपरेसन पराक्रममा इन्जिनियर रेजिमेन्टको कमाण्ड गरेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ८ : ३१ बजे

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक

मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध