१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बुटवल उपमहानगरको प्रमुखमा कांग्रेसबाट खेलराज पाण्डे सर्वसम्मत सिफारिस, उप-प्रमुखमा ८ जना



बुटवल । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाको नगर प्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ ।

सोमबार बसेको नेपाली कांग्रेस बुटवल उपमहानगर कमिटिको बैठकले नगर प्रमुखमा एक जना र उप प्रमुखमा ८ जनाको नाम सिफारिस गरेको हो ।

बैठकले नगर सभापति रहेका खेलराज पाण्डेको नाम सर्वसम्मत रुपमा पठाउने निर्णय गरेको कांग्रेस बुटवल उपमहानगर समिति सचिव छायां पोखरेलले बताए ।

बुटवल उपमहानगरका १९ वटै वडा सभापतीहरु सहितको बैठकले पाण्डेको एकल नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको सचिव पोखरेलले जानकारी दिए ।

नगरको सिफारिस जिल्ला र प्रदेशले अनुमोदन गर्नुपर्नेछ । पाण्डेसँगै कांग्रेसबाट क्षेत्रीय सभापति हरि लम्साल पनि मेयरका आकांक्षी थिए ।

यस्तै उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता केसी, रिता सेन वली, गंगा पन्थी, सविता शाक्य र राधा ज्ञवाली सिफारिस भएका छन् ।

पाण्डे अघिल्लो स्थानीय चुनावमा एमालेका शिवराज सुवेदीसँग करिब २४ सय मत अन्तरले पराजित भएका थिए ।

सुवेदीले २३ हजार २ सय ४९ मत पाउँदा पाण्डेले २० हजार ८ सय ५१ मत प्राप्त गरेका थिए । गत निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

५ दलीय गठबन्धनमा आबद्ध दलहरुले पनि कांग्रेसबाट खेलराज पाण्डे मेयरको उम्मेद्‍वार हुनुपर्ने मत राख्दै आएका थिए । बुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले पनि दावी गर्दै आएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ०२ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको