२० बैशाख २०८३, आइतबार | May 4, 2026

बाँकेकै उत्कृष्ट कार्य सम्पादन गर्ने संस्था बन्यो नेपालगन्जको भेरी अस्पताल



नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयलाई पुरस्कृत गर्ने नीति अन्तर्गत बाँकेमा भेरी अस्पताल पुरस्कृत भएको छ । भेरी अस्पताल, नेपालगन्ज सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले सम्मान गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ मा तोकिएको वार्षिक कार्यक्रम अनुसार विकास निर्माण तथा सेवा प्रवाहका सबै मापदण्डमा उच्च अंक हासिल गरेकाले अस्पताललाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

कर्मचारी मिलन केन्द्र बाँकेको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. राजन पाण्डेलाई पुरस्कार प्रदान गरेका थिए । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयलाई पुरस्कार तथा सम्मान गर्ने नीति लिएको छ ।

सो अवसरमा कर्मचारी मिलन केन्द्रले प्रकाशन गरेको नयाँ क्यालेण्डरको समेत विमोचन गरिएको थियो ।

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : १५ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता