१६ बैशाख २०८१, आइतबार | April 28, 2024

नेपालगञ्जमा मेयर पदका गठबन्धन उम्मेदवार विष्ट विहानैदेखि प्रचार प्रसारमा व्यस्त



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका कांंग्रेस उम्मेदवार प्रशान्त विष्ट शनिबार (आज) विहानै देखि मतदाता भेटघाटमा व्यस्त भएका छन् ।

उनि शनिबार विहान नेपालगन्ज स्थित नीलसागर असहाय तथा सेवा केन्द्र, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, वडा नम्बर २१ लगायत विभिन्न वडाका टोलमा पुगेका थिए ।

नीलसागरमा नगर प्रमुखका उम्मेदवार विष्टलाई र त्यहाँ रहेका ेबृद्धबृद्धा तथा बालबालिकाले स्वागत गरेका थिए । भेटघाटका क्रममा उनले आफू नगर प्रमुखको जिम्मेवारीमा पुगिसकेपछि असहाय, बृद्धबृद्धा तथा बालबालिकाको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

विष्टले नेपाली काँग्रेसले नेतृत्व गरेका स्थानीय सरकारले विगतमा असहाय, बृद्धबृद्धा तथा बालबालिकाको लागि उच्च प्राथमिकता राखेको स्मरण गराए ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र २१ मा मतदाताहरुलाई भेट्दै उनले आफू नगरप्रमुखमा निर्वाचित भएपछि जनताका पीरमर्कालाई बुझेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि विष्ट मातातिर्थ औंशीको अवसरमा विहानै आमासंग आर्शिबाद लिएर घरदैलोमा निस्केका थिए । उनले घरदैलोका क्रममा भेट भएका आमाहरुसंग आर्शिवाद लिइरहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १ : १५ बजे

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको