१४ भदौ २०८३, आइतबार | August 30, 2026

टाटाको साईकल बुटवलमा



बुटवल । चारपाङ्ग्रे गाडी निर्माणका ख्याती कमाएको टाटा कम्पनीले उत्पादन गरेको साईकलको बुटवलमा विक्रि वितरण सुरु भएको छ। विश्वमा नै ठूलो सवारी साधन उत्पादनमा नाम कमाएको टाटा कम्पनीबाट उत्पादन गरेको साईकलहरु नेपालका लागि आधिकारिक विक्रेता साईन ईन्ट्रप्राईजेज एण्ड सप्लायर्समार्फत रुपन्देहीका लागि आधिकारिक विक्रेता साईन होल्डिङ प्रालिले बुटवलको साईकलको बिक्रि वितरण सुरु गरेको हो । बुटवलको कालिकानगरमा आज एक कार्यक्रम गरि टाटा साइकलको शोरुम उद्घाटन गरिएको छ ।

शोरुम उदघमाटन कार्यक्रममा बोल्दै साईन ईन्टरप्राइजेज एण्ड सप्लायर्सका कोषलेश पाण्डेले दैनिक कार्यमा उपयोगी साईकलहरु विक्रिवितरणमा जोड दिईने बताए। ग्रामिण र शहरी क्षेत्रका सबैलाई उपयोगी स्ट्रेडर र कन्टिनो गरि बेसिक र प्रिमियर दुई प्रकारका साईकल कम्पनीबाट उत्पादन भएको उनले जानकारी दिए। न्युनतम ६ हजारदेखि ईल्क्ट्रिक ९५ हजारसम्मका साईकलहरु शोरुममा रहेको उनले बताए।

पेट्रोलियम पदार्थको बढ्दो मुल्यवृद्घिसंगै टाटाले ईल्क्ट्रिक साईकलमा समेत जोड दिएको उनले बताए। उनले पैदल र बैट्री दुबै रहेको ६० किलोमिटर हाईब्रिडमा चल्ने कन्टिनो नेपाली सडकलाई उपयोगी रहेको दाबी गरे।

बुटवल शाखाका म्यानेजर कृष्ण बहादुर गुरुङले बिक्रिसंग सर्भिसिङको सेवा समेत उपलब्ध हुने जनाए । विशेष गरि बेबि, माउण्टेन, लेडिज तथा किसानहरुलाई उपयोगी साईकलहरु कम्पनीले उत्पादन गरेको उनले बताए। रुपन्देहीबाट नै विक्रि शुरु गरेको टाटाले देशका अन्य क्षेत्रमा समेत विक्रि शुरुवात गर्ने गुरुङले बताए।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १ : २६ बजे

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा

कृष्णभीरमा पुरै सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं। त्रिशुली नदीले तलबाट कटान गर्दा धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका