२ पुस २०८२, बुधबार | December 18, 2025

टाटाको साईकल बुटवलमा



बुटवल । चारपाङ्ग्रे गाडी निर्माणका ख्याती कमाएको टाटा कम्पनीले उत्पादन गरेको साईकलको बुटवलमा विक्रि वितरण सुरु भएको छ। विश्वमा नै ठूलो सवारी साधन उत्पादनमा नाम कमाएको टाटा कम्पनीबाट उत्पादन गरेको साईकलहरु नेपालका लागि आधिकारिक विक्रेता साईन ईन्ट्रप्राईजेज एण्ड सप्लायर्समार्फत रुपन्देहीका लागि आधिकारिक विक्रेता साईन होल्डिङ प्रालिले बुटवलको साईकलको बिक्रि वितरण सुरु गरेको हो । बुटवलको कालिकानगरमा आज एक कार्यक्रम गरि टाटा साइकलको शोरुम उद्घाटन गरिएको छ ।

शोरुम उदघमाटन कार्यक्रममा बोल्दै साईन ईन्टरप्राइजेज एण्ड सप्लायर्सका कोषलेश पाण्डेले दैनिक कार्यमा उपयोगी साईकलहरु विक्रिवितरणमा जोड दिईने बताए। ग्रामिण र शहरी क्षेत्रका सबैलाई उपयोगी स्ट्रेडर र कन्टिनो गरि बेसिक र प्रिमियर दुई प्रकारका साईकल कम्पनीबाट उत्पादन भएको उनले जानकारी दिए। न्युनतम ६ हजारदेखि ईल्क्ट्रिक ९५ हजारसम्मका साईकलहरु शोरुममा रहेको उनले बताए।

पेट्रोलियम पदार्थको बढ्दो मुल्यवृद्घिसंगै टाटाले ईल्क्ट्रिक साईकलमा समेत जोड दिएको उनले बताए। उनले पैदल र बैट्री दुबै रहेको ६० किलोमिटर हाईब्रिडमा चल्ने कन्टिनो नेपाली सडकलाई उपयोगी रहेको दाबी गरे।

बुटवल शाखाका म्यानेजर कृष्ण बहादुर गुरुङले बिक्रिसंग सर्भिसिङको सेवा समेत उपलब्ध हुने जनाए । विशेष गरि बेबि, माउण्टेन, लेडिज तथा किसानहरुलाई उपयोगी साईकलहरु कम्पनीले उत्पादन गरेको उनले बताए। रुपन्देहीबाट नै विक्रि शुरु गरेको टाटाले देशका अन्य क्षेत्रमा समेत विक्रि शुरुवात गर्ने गुरुङले बताए।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १ : २६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल