२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

चितवनमा प्रचण्ड र तीन मन्त्री विरुद्ध आचारसंहिता उल्लंघनको उजुरी



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बहालवाला तीन मन्त्रीविरुद्ध निर्वाचन आचारसंहिता-०७८ उल्लंघन गरेको उजुरी दर्ता भएको छ ।

उनीहरू विरुद्ध भरतपुर महानगरपालिका–१२ का अश्विन घिमिरेले आज मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरमा लिखित उजुरी दिएका हुन् ।

महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजागर मन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठविरुद्ध पनि उजुरी परेको छ ।

मौन अवधिमा निर्वाचन आचारसंहिताको उल्लघंन गर्दै प्रचण्ड मतदाता प्रभावित गर्न सक्रिय बनेको एमालेले आरोप लगाएको छ ।

आज बिहान पश्चिम चितवनको विभिन्न स्थानमा पुगेर प्रचण्डले गठबन्धनका उम्मेदवारको लागि भोट मागेको भन्द्र उनीहरु विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले दुई वटा भिडियोको टुक्रासहित ठाडो उजुरी परेको बताए । ‘दुई वटा भिडियो राखेर आचारसंहिता उल्लंघन गरेको भनेर उजुरी परेको छ । भिडियोमा प्रचण्ड बाटोमा हिँडिरहेको देखिन्छन् । अरु प्रमाण राखिएको छैन,’ उनले भने ।

यसअघि मेयरकी उम्मेदवार रेणु दाहालविरुद्ध लिखित उजुरी परेको थियो । दाहालविरुद्ध दुई पटक स्पष्टिकरण सोधिसकेको उनले बताए ।

मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै परवाह नगरी सरकारी सवारीसाधनको दुरुपयोग गर्दै भरतपुर महानगरपालिका र माडी नगरपालिकाका आम मतदाताको घर(घरमा पुगेर प्रचण्डले प्रभावमा पार्ने काम गरेको उजुरीमा उल्लेख गरिएको छ ।

त्यस्तै, मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरमा आर्थिक चलखेल गरेको भन्ने भिडियोसहित सूचना आएकोले आवश्यक छानबिन गरी सो कार्य तुरुन्त रोक्न माग गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी पनि चितवनमै छन् । होटल सिराइचुलीमा बसेर भण्डारीले स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको पक्षमा लागेका कार्यकर्तालाई फकाएर फिर्ता ल्याउन व्यस्त रहेको स्रोतले बतायो ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ३ : ५२ बजे

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो