खजुरा । बाँकेको खजुरामा अग्रता लिईरहेको गठबन्धनका अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारहरुलाई पछि पार्दै एमाले उम्मेदवारहरुले अग्रता लिएका छन् । मध्यराती सम्म अग्रता लिएका गठबन्धनबाट अध्यक्ष उम्मेदवार डम्बर बिक र उपाध्यक्ष उम्मेदवार कांग्रेसबाट मन्जु मल्ललाई पछि पार्दै एमाले अध्यक्ष उम्मेदवार सुमन मल्ल र उपाध्यक्ष उम्मेदवार ताजरुन निसाले अग्रता लिएका हुन् ।
प्राप्त पछिल्लो परिणाम अनुसार खजुरामा एमालेका मल्लले ११५१ मतका साथ अग्रता लिएका छन् भने उनलाई माओवादी केन्द्रका उम्मेदवार डम्बर विकले ६६७ मतका साथ पछ्याईरहेका छन् । राप्रपाका उम्मेदवार धनसिँह रानाले २० मत पाएका छन् ।
त्यसैगरि उपाध्यक्षमा एमालेकी नीसाले ९३६ मतले अग्रता लिँदा कांग्रेसकी मल्लले ९०९ मत सहित पछ्याईरहेका छन् । उपाध्यक्षमा राप्रपाका तिलकुमारी हमालले २१ मत पाएका छन् ।
यसअघि एमालेबाट अध्यक्षका उम्मेदवारको गृह वार्ड समेत रहेको वार्ड नम्बर १ बाट कांग्रेस उम्मेदवार मनबिर क्षेत्री वडा अध्यक्षमा विजयी भएका छन् ।



















प्रतिक्रिया