२४ भदौ २०८३, बुधबार | September 9, 2026

खजुराको २ नम्बर वडा अध्यक्षमा माओवादी केन्द्रका धनराम ओली विजयी, पालिका अध्यक्षमा एमालेको अग्रता



खजुरा । बाँकेको खजुरामा माओवादी केन्द्रले खाता खोलेको छ । गाँउपालिकाको वार्ड नम्बर २ को वडा अध्यक्षमा गठबन्धनबाट माओवादी उम्मेदवार धनराम ओली क्षेत्री विजयी भएका छन् ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार ओलीले २४२९ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार समरबहादुर खत्रीले २०५१ मत प्राप्त गरे । राप्रपाका मनोज सुनारले १९१ मत प्राप्त गरे ।

वडा सदस्यहरुमा एमालेका रामकुमार सुनार र दिपु राना विजयी भएका छन् भने महिला सदस्यमा कांग्रेसकी विष्णु सुनार र दलित महिला सदस्यमा एमालेकी बालकुमारी सुनार विजयी बनेकी छन् ।

पालिका अध्यक्षमा एमालेको अग्रता
पालिका अध्यक्ष पदमा भने एमालेका सुमन मल्लले मतान्तर बढाउँदै अगाडी बढेका छन् । सुमन मल्लले ३५६६ मत पाउँदा गठबन्धनबाट माओवादी उम्मेदवार डम्बर विकले २७६६ मत मात्र प्राप्त गरेका छन् । उपाध्यक्ष तर्फ एमालेकी ताजरुन नीसाले २९७२ मत ल्याउँदा कांग्रेसकी मन्जु मल्लले २९४६ मत पाएकी छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ६ : ३३ बजे

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने