खजुरा । बाँकेको खजुरामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डम्बर विक तुफानले आफ्नो अग्रतालाई कायम राखेका छन् । राती १० बजे सम्मको अपडेटमा हाल सम्म १ देखी ७ नम्बरको गणना भएको २०३६४ मत मध्यबाट एमालेका सुमन मल्ललाई ३०९ मतले पछि पार्दै तुफानले अग्रता कायम राखेका हुन् ।
पछिल्लो परिणाम अनुसार तुफानले ८०७७ मत प्राप्त गर्दा मल्लले ७७६८ मत प्राप्त गरेका छन् । अहिले वडानम्बर ७ को गणना जारी छ । ७ नम्बरको प्ररम्भिक गणनामा पनि तुफानको मत बढी आएको बताईएको छ ।
उपाध्यक्षमा गठबन्धनबाट कांग्रेस उम्मेदवार मन्जु मल्लले ७६९६ मत पाउँदा एमालेकी ताजरुन नीसाले ६६२७ मत पाएकी छन् ।
खजुरामा ८ वटा वार्ड मध्य ४ वटा वाडस् अध्यक्ष माओवादीले जितेको छ भने एउटा कांग्रेस र एउटा एमालेले जितेको छ ।



















प्रतिक्रिया