२४ भदौ २०८३, बुधबार | September 9, 2026

झापाको कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी



विर्तामोड । झापाको कनकाई नगरपालिका मेयरमा पुनः नेकपा (एमाले) का तर्फबाट राजेन्द्र पोखरेल र उपमेयरमा नेपाली कांग्रेसकी आशा शिवाकोटी निर्वाचित भएका छन् ।

एमालेका पोखरेल २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट पनि मेयर निर्वाचित भएका थिए। उनले आठ हजार ६७३ मत पाएका छन् ।

उनका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमिरियाले ६ हजार ६६१ मत पाए। स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले पाँच हजार ९६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर ओलीले दुई हजार पाँच मत पाए ।

यसैगरी उपमेयरमा कांग्रेसकी शिवाकोटीले १० हजार ७१३ मत पाइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी मञ्जु प्रसाईँले आठ हजार ८७५ मत पाइन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : १० बजे

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु