२४ भदौ २०८३, बुधबार | September 9, 2026

खजुरामा गठबन्धनका उम्मेदवार सफलताको नजिक, केहीबेरमा अन्तिम परिणाम घोषणा हुँदै



खजुरा । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका अध्यक्ष र उपाध्यक्ष दुबै उम्मेदवार सपलताको नजिक पुगेका छन् । करिव १५०० मत गणना बाँकी हुँदा गठबन्धनका उम्मेदवार द्वयले १००० बढी मतान्तरले अग्रता कायम राखेपछि उनीहरु निर्वाचित हुने निश्चित जस्तै भएको हो ।

गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार डम्बर बिक तुफान अध्यक्ष पदमा नेपाली कांग्रेसकी उम्मेदवार मञ्जु मल्ल उपाध्यक्ष पदमा प्रत्यासी थिए ।

बिकले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सुमन मल्ललाई १००७ मतले पछाडी पारेका छन् भने मञ्जुले एमालेकै ताजरुन निशालाई १३६८ मतले पछाडी पारेकी छन् ।

पछिल्लो परिणाम अनुसार तुफानको ९७५६ मत आयँदा एमालेका मल्लको ८७३९ मत आएको छ भने उपाध्यक्षमा कांग्रेसकी मल्लको ९०५७ मत आउँदा एमालेकी नीसाको ७६६८ मत आएको छ ।

जारी मत गणनाको प्रारम्भिक नतिजामा पनि गठबन्धनको पक्षको पल्ला भारी देखिएको निर्वाचन अधिकृतको कार्यालय खजुराको स्रोतले जनाएको छ । २०७४ को निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा एमालेका किस्मत कुमार कक्षपति र एकमाया बिक निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १० : ४१ बजे

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु