२३ बैशाख २०८१, आइतबार | May 5, 2024

खजुरामा गठबन्धनका उम्मेदवार सफलताको नजिक, केहीबेरमा अन्तिम परिणाम घोषणा हुँदै



खजुरा । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका अध्यक्ष र उपाध्यक्ष दुबै उम्मेदवार सपलताको नजिक पुगेका छन् । करिव १५०० मत गणना बाँकी हुँदा गठबन्धनका उम्मेदवार द्वयले १००० बढी मतान्तरले अग्रता कायम राखेपछि उनीहरु निर्वाचित हुने निश्चित जस्तै भएको हो ।

गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार डम्बर बिक तुफान अध्यक्ष पदमा नेपाली कांग्रेसकी उम्मेदवार मञ्जु मल्ल उपाध्यक्ष पदमा प्रत्यासी थिए ।

बिकले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सुमन मल्ललाई १००७ मतले पछाडी पारेका छन् भने मञ्जुले एमालेकै ताजरुन निशालाई १३६८ मतले पछाडी पारेकी छन् ।

पछिल्लो परिणाम अनुसार तुफानको ९७५६ मत आयँदा एमालेका मल्लको ८७३९ मत आएको छ भने उपाध्यक्षमा कांग्रेसकी मल्लको ९०५७ मत आउँदा एमालेकी नीसाको ७६६८ मत आएको छ ।

जारी मत गणनाको प्रारम्भिक नतिजामा पनि गठबन्धनको पक्षको पल्ला भारी देखिएको निर्वाचन अधिकृतको कार्यालय खजुराको स्रोतले जनाएको छ । २०७४ को निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा एमालेका किस्मत कुमार कक्षपति र एकमाया बिक निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १० : ४१ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ