७ आश्विन २०८३, बुधबार | September 23, 2026

श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अर्थ मन्त्रालयको जिम्मेवारी



कोलम्बो । प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । देश आर्थिक संकटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री राष्ट्रपति गोटाबाय राजापाक्षेले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अर्थ मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् ।

श्रीलंकाले विदेशी मुद्राको गम्भीर अभाव झेलिरहेको छ, जसका कारण इन्धन, खाद्यन्नलगायत अत्यावश्यक बस्तुको चरम अभाव देखिएको छ । आर्थिक संकटबीच महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएपछि राष्ट्रपति गोटाबाय राजापाक्षेले दुई साताअघि रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

श्रीलंकाका प्रथम कार्यकारी राष्ट्रपति जुनियस जयवर्धनेका भतिजा विक्रमासिंघे राष्ट्रपति रानासिंघे प्रेमदासाको हत्यापछि सन् १९९३–१९९४ सम्म पहिलो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

वकिल हुँदै राजनीतिमा लागेका विक्रमासिंघे ४५ वर्षदेखि संसद् सदस्य छन् । सन् २०२० को अगस्टमा जारी संसदीय निर्वाचनमा लज्जास्पद पराजय चाखेको युनाइटेड नेसनल पार्टी ९यूएनपी० का नेता विक्रमासिंघेको दुई वर्षपछि महत्वपूर्ण कम ब्याक भएको छ ।

विक्रमासिंघेले आफ्नो साढे चार दशक लामो राजनीतिक करियरमा धेरै महत्वपूर्ण पदहरू सम्हालेका छन् । सन् २००१ को आमनिर्वाचनमा युनाइटेड फ्रन्ट गभर्मेन्ट विजयी भएपछि उनी सन् २००१–२००४ सम्म प्रधानमन्त्री बनेका थिए । -एजेन्सी

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  १ : २६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज