३० बैशाख २०८३, बुधबार | May 13, 2026

स्थापना दिवसमा जमघटको रक्तदान



बुटवल । जमघट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार वार्षिक कार्यक्रम अन्तरगत रक्तदान गरेको छ । तिनाउ टोलमा ९ वर्षअघि स्थापना भएको संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान गरेको हो ।

कार्यक्रमको एक समारोहका बिच वडा नं ३ का वडा अध्यक्ष विष्णु ढकालले रक्तदातालाई ब्लड ब्याग बितरण गरि उद्घाटन गरेका छन । सामाजिक कार्यहरुमा सब‍ैभन्दा उत्तम कार्य र मानविय जीवन रक्षाका लागि रक्तदान गर्नुपर्ने उनले बताए । स्थानिय वडाबासीहरुलाई शिक्षा र स्वस्थ्यको सेवालाई प्रभावकारी बनाउने आफू लाग्ने प्रतिवद्धता जनाउदै टोलटोलका संघसंस्थालाई सचेतना कार्यक्रममा सहकार्य गर्न सुझाव दिए ।

संस्थाका अध्यक्ष गोपाल कुमार प्रधानले २०७० मा स्थापना भएको संस्था शेयरसदस्यहरुको आयआर्जन वृद्धिको लागि लागेको बताए । सानासाना उत्पादशिल क्षेत्रमा लगानीसंगै सामाजिक कार्यमा समेत निरन्तर लागेको उनले बताए ।

कार्यक्रममा वडा महिला सदस्य रतिमला बिक, रक्तसंचार केन्द्रका राधा शर्मा, प्रबन्ध संचालक अमित बिसिले रगत अभावको अवस्थामा गरिएको कार्यक्रमबाट थोरै भएपनि सहयोग मिल्ने बताए ।

संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक ध्रुव भुषालले महिला रक्तदाताको उलेख्य सहभागिता रहेको बताए। स्थानिय १६ जना महिलासहित ५० जना रक्तदाताहरुबाट रक्तदान गरिएको उनले बताए।सहकारी संस्थामा करिब ३ सय रहेका छन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ११ : ३७ बजे

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

लुकाइछिपाई नेपालगन्ज लैजाँदैगरेको शंकास्पद मासु सहित एकजना पक्राउ

खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा शंकास्पद मासु सहित १

सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम

काठमाडौं । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर