४ पुस २०८२, शुक्रबार | December 19, 2025

अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउँदा ४ जनाको मृत्यु



न्युयोर्क । ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउदा कम्तीमा चार जनाको मृत्यु भएको सो सहरको प्रहरीले जनाएको छ ।

एक साताअघि टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डलाई लिएर अमेरिकीहरू शोकमा डुबिरहेका बेला बुधबार फेरि गोलाबारी चलेको हो ।

आक्रमणमा बन्दुकधारी पनि मारिएका छन् । उनी आफूलाई पनि गोली प्रहार गरे वा प्रहरी कारबाहीमा मारिए भन्ने बारेमा भने प्रष्ट भइसकेको छैन। ‘हामी सेन्ट फ्रान्सिस अस्पताल क्याम्पसमा गोलाबारी गर्ने व्यक्तिसहित ४ जनाको मृत्यु भएको पुष्टि गर्न सक्छौं । अधिकारीहरूले अझै भवन खाली गरिरहेका छन् । थप जानकारी आउन बाँकी छ’, तुल्सा प्रहरीले आफ्नो आधिकारिक अकाउन्टबाट खाताबाट ट्वीट गरेको छ ।

आक्रमणबारे प्रहरीले राष्ट्रपति जो बाइडेनलाई जानाकारी गराएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ९ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको