१४ पुस २०८२, सोमबार | December 29, 2025

हप्ताको दुई दिन बिदा दिने निर्णयविरूद्ध सर्वोच्चमा रिट



काठमाडौं । हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर दायर गरिएका रिट निवेदनमा सरकारले हचुवाका भरमा दुई दिन बिदा दिनजे निर्णय गरेको जनाइएको छ ।

साताको दुई दिन बिदा दिने सरकारको निर्णय खारेज गर्न उत्प्रेषण परमादेशसमेत माग गर्दै रामबहादुर शाहीसहित ६ जनाले दर्ता गराएको रिट निवेदनमाथि जेठ २४ गतेका लागि पेसी पनि तोकि सकिएको छ ।

सरकारले जेठ १ बाट साताको दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो ।

सरकारले कुनै परामर्श र दूरगामी योजनाबिना गरेको निर्णय कार्यान्वयनमा सकस भइरहेको र उक्त निर्णयबाट देशको आर्थिक क्षेत्रमा ठुलो प्रभाव पर्नुका साथै शिक्षा, स्वास्थ्य क्षेत्रमा असर परेको रिटमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ५ : ५१ बजे

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची

रास्वपा-बालेन सहमति केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य