२४ बैशाख २०८१, सोमबार | May 6, 2024

नाडाले सदस्यहरुका लागि भन्सार, भिसिटिएस तथा कर सम्बन्धि तालिम दिँदै



बुटवल । लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडा लुम्बिनी प्रदेशको दोस्रो साधारण सभासँगै नाडा आवद्ध सदस्यहरुलाई भन्सार, भिसिटिएस र कर सम्बन्धि तालिमको दिने भएको छ ।

प्रदेशका १२ जिल्लाका सदस्यहरुलाई सहभागी हुने गरि हुने दुई दिने कार्यक्रमको तयारी पूरा भएको नाडाका अध्यक्ष गणेश प्रसाद भट्टराईले जानकारी दिए । लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडा लुम्बिनी प्रदेशको आयोजनामा ब्यवसायीहरुको हकहितका लागि निरन्तर कार्यक्रम गर्दै आएको उनले बताए ।

खुला सिमाना ब्यवसायीहरुका लागी सबैभन्दा ठूलो समस्याका रुपमा रहेको संस्थाका महासचिव रोशन पाण्डेले दुखेसो गरे । यस क्षेत्रमा बिना दर्ता रहेका ब्यवसायीलाई करको दायरामा ल्याउन चुनौती देखिएको भन्दै झोले ब्यवसायी र सीमामा एलसीको सबैभन्दा ठुलो समस्या रहेको उनले बताए ।

एक दिने ब्यवसायीहरुको तालिममा आन्तरिक राजश्व कार्यालय बुटवलका अधिकृत ध्रुव पाण्डे, राजश्व अनुसन्धान कार्यालयका अधिकृत होम बहादुर पाण्डे र भैरहवा भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र राज ढकालले सहजिकरण गर्ने उनले बताए । मालबाहक तथा सवारि सवारी आयातकर्ता, अटो स्पेयरपार्टका आयातकर्ता, अटोपार्टका ब्यापारी गरि ३ किसिमका गरि संस्थामा १२ जिल्लाका १ सय ५ जना ब्यवसायीहरु दर्ता छन । केन्द्रीय समिति र प्रदेश समितिका बिचमा छलफल कार्यक्रमहरु समेत हुने उनले बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ७ : ३४ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa