२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

नाडाले सदस्यहरुका लागि भन्सार, भिसिटिएस तथा कर सम्बन्धि तालिम दिँदै



बुटवल । लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडा लुम्बिनी प्रदेशको दोस्रो साधारण सभासँगै नाडा आवद्ध सदस्यहरुलाई भन्सार, भिसिटिएस र कर सम्बन्धि तालिमको दिने भएको छ ।

प्रदेशका १२ जिल्लाका सदस्यहरुलाई सहभागी हुने गरि हुने दुई दिने कार्यक्रमको तयारी पूरा भएको नाडाका अध्यक्ष गणेश प्रसाद भट्टराईले जानकारी दिए । लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडा लुम्बिनी प्रदेशको आयोजनामा ब्यवसायीहरुको हकहितका लागि निरन्तर कार्यक्रम गर्दै आएको उनले बताए ।

खुला सिमाना ब्यवसायीहरुका लागी सबैभन्दा ठूलो समस्याका रुपमा रहेको संस्थाका महासचिव रोशन पाण्डेले दुखेसो गरे । यस क्षेत्रमा बिना दर्ता रहेका ब्यवसायीलाई करको दायरामा ल्याउन चुनौती देखिएको भन्दै झोले ब्यवसायी र सीमामा एलसीको सबैभन्दा ठुलो समस्या रहेको उनले बताए ।

एक दिने ब्यवसायीहरुको तालिममा आन्तरिक राजश्व कार्यालय बुटवलका अधिकृत ध्रुव पाण्डे, राजश्व अनुसन्धान कार्यालयका अधिकृत होम बहादुर पाण्डे र भैरहवा भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र राज ढकालले सहजिकरण गर्ने उनले बताए । मालबाहक तथा सवारि सवारी आयातकर्ता, अटो स्पेयरपार्टका आयातकर्ता, अटोपार्टका ब्यापारी गरि ३ किसिमका गरि संस्थामा १२ जिल्लाका १ सय ५ जना ब्यवसायीहरु दर्ता छन । केन्द्रीय समिति र प्रदेश समितिका बिचमा छलफल कार्यक्रमहरु समेत हुने उनले बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ७ : ३४ बजे

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तरराष्ट्रिय

सरकारले गर्यो विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूतलाई पदमुक्त

काठमाडौ । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

एजेन्सी । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट

अमेरिकी सेनाद्वारा हर्मुज जलडमरूमध्य खोल्ने प्रयास, इरानसँग तनाव बढ्दै

एजेन्सी । संयुक्त राज्य अमेरिकाले हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले