१६ बैशाख २०८३, बुधबार | April 29, 2026

मकवानपुर गोल्डकपको उपाधि आर्मीलाइ



हेटौंडा । साविक विजेता त्रिभुवन आर्मी क्लबले घरेलु टोली विजय यूथ क्लबलाई हराउँदै मकवानपुर गोल्डकपको उपाधि उचालेको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सम्पन्न चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकको उपाधि आर्मीले जितेको हो ।

हेटौंडा-५ स्थित पिप्ले-क्याम्पा रंगशालामा सोमबार भएको फाइनल भिडन्तमा आर्मीले घरेल टोली विजय यूथलाई २-१ गोलअन्तरले हराउँदै उपाधी जितेको हो ।

आर्मीले यसअघिको संस्करणमा पनि घरेलु टोलीलाई हराउँदै उपाधी जितेको थियो । आर्मीको लागि कप्तान भरत खवासले खेलको १४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २५ औं मिनेटमा विजय यूथका डोना थापाले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । आर्मीका डिफेन्डरले पेनाल्टी क्षेत्रमा विजय युथका विमल रानालाई लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै डोना थापाले खेललाई बराबरीमा ल्याएका हुन् ।

५० औं मिनेटमा आर्मीका कमलबहादुर थापाले गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए । खेलको ५५ औं मिनेटमा आर्मीले पेनाल्टीको अवसर पाएको थियो । विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले आर्मीका सन्तोष केसीलाई लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । पाएको पेनाल्टी दिनेश हेन्जनले गोल गर्न नसक्दा आर्मी अग्रता बढाउनबाट चुक्यो ।

उपाधि जितेसँगै आर्मीले १५ लाख रुपैयाँसहित ट्रफी प्राप्त ग¥यो । विजय यूथले भने १० लाख रुपैयाँमा नै चित्त बुझाउन बाध्य भएको छ । जेठ १९ गतेबाट सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो । आर्मीले क्यामरुनको एभिनियर एफसी र विजय यूथले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ६ : ५५ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात