काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र ओमानबीच महत्वपूर्ण एकदिवसीय खेल हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । जारी सिरिजमा नेपालले पहिलो खेलमा यूएईलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ भने ओमानले आफ्नो पहिलो खेलमा यूएईसँग हार बेहोरेको थियो । यस खेल दुवै टोलीका लागि अंकतालिकामा…