काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिज अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा १७६ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ । टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले मेलबर्न स्टार्स एकेडेमीविरुद्ध १७६ रनको लक्ष्य पाएको हो । मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन जोड्यो । मेलबर्नका लागि ओपनर ब्ल्याके माकडोनल्डले सर्वाधिक ७४ रन…