काठमाडौं । युरोकप फुटबलमा डेब्यु गरिरहेको फिनल्याण्डले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई १-०ले पराजित गरेको हो । फिनल्याण्डको जितमा जोएल पोहान्पालोले निर्णायक गोल गरे । खेलको ५९ औं मिनेटमा पोहान्पालोले जेरे उरोनेनको क्रसमा गरेको हेडरमार्फत गोल गरेका थिए । ७३ औं मिनेटमा डेनमार्कले पेनाल्टी प्राप्त गरेपनि इमिल होएबिएर चुके ।…